अवैध चाँदीसहित बिराटनगरमा दुई जना समातिए

<span class='c1'>अवैध चाँदीसहित बिराटनगरमा</span> <span class='c2'>दुई जना समातिए</span>

मोरङ, जेष्ठ ६ गते।

विराटनगर महानगरपालिका १७ मटेरुवाबाट प्रहरीले शनिवार साँझ अवैध चाँदीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउदै गरेको चाँदीको गहनासहित मोरङ जहदा गाउँपालिका बस्ने २४ वर्षीय चन्दन साह र कटहरी गाउँपालिका ४ बस्ने पिन्टु साहलाई पक्राउ गरिएको हो।

उनीहरुको साथबाट २३ थान औठी, ३ जोर पाउजु, २ वटा रिङ र टुक्रा समेत गरी आधा किलो चाँदी बरामद भएको छ।

दुबै जनालाई अनुसन्धानका लागी इलाका प्रहरी कार्याय रानीमा राखीएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्