सन्दीपको लोभलाग्दो बलिङ ३ ओभर ३ विकेट

सन्दीपको लोभलाग्दो बलिङ ३ ओभर ३ विकेट

जेठ ६ – आईपीएल क्रिकेट २०१८ को आफ्नो अन्तिम खेलमा नेपालका सन्दीप लामिछानेले लोभलाग्दो बलिङ गरिरहेका छन् । मुम्बई इण्डियन्ससंगको खेलमा सन्दिपले ब्यक्तिगत ३ ओभरको बलिङ सकिंदा ३ विकेट लिएका छन् । दिल्ली डेयरडेभिल्सबाट खेलिरहेका सन्दिपले ३ विकेट लिन ३२ रन खर्चेका छन् ।

पहिलो ओभरमा सूर्यकुमार यादवको विकेट लिएका सन्दिपले आफ्नो तेश्रो ओभरमा किरोन पोलार्ड र क्रुनाल पाण्ड्याको विकेट लिएका हुन् । उनले तेश्रो ओभरको पहिलो बलमा पोलर्डलाई आउट गराएका उनले चौथोे बलमा क्रुनाललाई पनि पबिलियन फर्काइदिएका हुन् । सन्पिदले एकै ओभरमा २ विकेट लिएपछि मुम्बईको ब्याटिङ केही धर्मराएको छ । आईपीएलको प्लेअफमा पुग्न मुम्बइलाई आजको खेल जित्नैपर्ने दबाब छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्