यातायातका कर्मचारी नियन्त्रणमा

<span class='c1'>यातायातका कर्मचारी</span> <span class='c2'>नियन्त्रणमा</span>

काठमाडौँ, ६ जेठ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभाग ललितपुरमा कार्यरत चार जनालाई नियन्त्रणमा लिएको छ । आयोगका प्रवक्ता दीर्घराज मैनालीकाअनुसार सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षामा उर्तीण गराइदिने भन्दै सेवाग्राहीसँग पैसा लिने प्रहरी नायब निरीक्षक श्रीराम तिवारी, खरिदार कमल स्याङतान तथा सहयोगीद्वय हपरबहादुर थापा र मीनबहादुर तामाङलाई पक्राउ गरिएको हो ।

सवारी चालकको अनुमतिपत्र दिने प्रयोजनमा उनीहरुले पैसा लिएर परीक्षामा सहभागी नै नगराई उर्तीण गराउने गरेका थिए । उनीहरु मध्ये तिवारी यही जेठ ४ गते र अन्य आज पक्राउ परेका हुन् । यस्तै आयोगले हुम्लाको साविक मैला र मदना गाविसका हाल ताजाकोट गाउँपालिका– ५ का वडासचिव गोपालचन्द्र लामालाई रु २४ लाख ५० हजार सामाजिक सुरक्षा भत्तामा हिनामिना गरेको अभियोगमा आज पक्राउ गरिएको छ ।

सचिव लामाले सामाजिक सुरक्षा भत्ता र पूँजीगत रकम हिनामिना गरी व्यक्तिगत लाभ लिएको अभियोगमा पक्राउ गरी अनुसन्धान शुरु गरिएको आयोगले जनाएको छ ।
–रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्