त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजबाट दैनिक २१ घण्टा सञ्चालनमा आउने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजबाट दैनिक २१ घण्टा सञ्चालनमा आउने

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजबाट दैनिक २१ घण्टा सञ्चालनमा आउने भएको छ । सरकारले गरेको निर्णय अनुसार आज (सोमबार)देखि मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा आउने भएको हो ।

१२ बजेसम्म सञ्चालन हुँदै आएको विमानस्थल आजबाट बिहान ६ बजेदेखि अर्को दिन बिहान तीन बजेसम्म सञ्चालन हुनेछ। २४सै घण्टा विमानस्थल सञ्चालन गर्ने सरकारको लक्ष्य भएतापनि त्यो अहिले सम्भव नभएको बताईएको छ । अहिलेलाई स्रोतको व्यवस्थापन, जनशक्ति आदि कारणले तीन घण्टा कम बाध्य भएको सरकारी पक्षको भनाई छ ।

विमानस्थलमा बढ्दो यात्रुको चापलाई व्यवस्थापन गर्न र अन्तर्राष्ट्रिय उडानलाई थप प्रभावकारी बनाउन सञ्चालनमा नयाँ पन दिन लागिएको हो । हवाई ट्राफिक व्यवस्थापन तथा उडान र अवतरणमा देखिएका समस्या समाधानका लागि पनि सञ्चालन अवधि बढाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्