सामाजिक विकास मन्त्रालयले तय गर्ने निती तथा कार्यक्रम बारे छलफल शुरु

<span class='c1'>सामाजिक विकास मन्त्रालयले तय गर्ने निती</span> <span class='c2'>तथा कार्यक्रम बारे छलफल शुरु</span>

विराटनगर, ७ जेठ ।
एक नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयले आगामी आर्थिक बर्षको लागि निती तथा कार्यक्रमको बारेमा सुझाव संकलन शुरु गरेको छ । बिभिन्न क्षेत्रका विज्ञहरुसँग मन्त्रालय स्तरमा छलफल अघि बढाएकोमा अब सामुहिक रुपमा सुझाव लिन लागेको हो । मंगलवार एक नम्बर प्रदेश स्तरिय कार्यक्रमको आयोजना गरी सामाजिक विकास मन्त्री जीवन घिमिरेले आगामी आर्थिक बर्षको निति तथा कायृक्रममा समावेश गरिनु पर्ने बिषयहरुको बारेमा सुझाव लिने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।
सचिवालयका नायव सुब्बा हरि सुवेदीले कार्यक्रमबाट सामाजिक विकास मन्त्रालयले आगामी आर्थिक बर्ष २०७५-०७६ मा मन्त्रालयको तर्फबाट लिईने निति तथा समावेश गरिने कार्यक्रम कस्तो हुने भन्ने बारेमा छलफल हुने बताए । निति तथा कार्यक्रमको आधारमा बजेट आउने हुँदा कस्ता बिषयलाई प्राथमिकतामा राख्ने भन्ने बिषय निति तथा कार्यक्रममा आउनु पर्ने भएकोले छलफलबाट सो बिषय आउनेमा मन्त्रालयले आशा लिएको छ ।
सामाजिक मन्त्री जीवन घिमिरेले जनताको मागका आधारमा सबै क्षेत्रलाई समेट्ने गरी निति तथा कार्यक्रम तर्जुमाका लागि छलफलको माध्याम बनाईएको स्पष्ट पारे ।  कार्यक्रममा मन्त्रालयका कार्यक्षेत्र भित्र रहेका अलग अलग ७ वटा बिषयमा विज्ञहरुको समुह निर्माण गरी राय परामर्श लिने कार्यतालिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्