मोरङ, जेष्ठ ८ गते।
कटहरी गाउँपालिका १ मा सोमबार करेन्ट लागेर सोही ठाउँका ५० वर्षीय कैलु राय अमात्यको मृत्यु भएको छ।
स्थानीय गोकुल थापाको घरमा दिउँसो १ बजे चापाकल गाड्नेक्रममा रायलाई बिजुलीको पोलको नाङगो तारबाट विधुत प्रवाह हुँदा करेन्ट लाग्दा गम्भीर घाइते भएका थिए।
उनको विराटनगरस्थित कोशी अंचल अस्पतालमा उपचार हुँदा हुँदै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटना सम्बन्धमा प्रहरीबाट अनुसन्धान कार्य भईरहेको छ।