मोरङ, जेष्ठ ८ गते।
मोरङको मिक्लाजुङ गाउँपालिका -८ तोरीबारी स्थित मधुमल्ला – तोरीबारी सडक खण्डमा सोमबार साँझ ट्याम्पु दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अन्य तीन जना घाइते भएका छन।
मधुमल्लाबाट तोरीबारीतर्फ जादै गरेको मे १ ह ८६८१ नम्बरको ट्याम्पु स्थानीय देवकोटा चोकमा साँझ १८३० बजे अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटनामा ईलाम चुलाचुली गाउँपालिका ६ साक्फारा बस्ने ७० वर्षीय हर्कबहादुर बोहोराको उपचारका क्रममा उर्लाबारीस्थित अरनिको अस्पतालमा मृत्यु भएको छ।
त्यस्तै घाइतेहरुमा चुलाचुली-६ साक्फारा बस्ने ५८ वर्षीया कमला बोहोरा, मोरङ मिक्लाजुङ गाउँपालिका-९ बस्ने २२ वर्षीया पूर्णिमा तामाङ र सोही ठाउँकी ८० वर्षीया सुभद्रा कार्की रहेका छन।
घाइतेरहुको मधुमल्लास्थित साझा अस्पतालमा उपचार भई रहेको छ। ट्याम्पुका चालक मोरङ मिक्लाजुङ ९ मधुमल्ला बस्ने वर्ष २६ को लक्ष्मी तामाङ ईलाका प्रहरी कार्यालय उर्लाबारीको नियन्त्रणमा रहेका छन।