झापामा ट्याक्टरसंग मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु 

<span class='c1'>झापामा ट्याक्टरसंग मोटरसाइकल ठोक्किंदा</span> <span class='c2'>दुई जनाको मृत्यु </span>

झापा, जेष्ठ ८ गते।

झापाको कमल गाउँपालिका ५ मा गएराती रोकि राखेको ट्याक्टरसंग मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ।

मेची राजमार्ग अन्तरगत कमल गाउँपालिका ५ पाडाजुँगी चौकमा राती ११;३० बजेतिर बिग्रेर रोकीएको मे. १ त ४५२८ नम्बरको ट्याक्टर पछाडी को ३३ प. १९५१ नम्बरको मोटरसाइकल ठक्किंदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा मोटरसाइकलका चालक मोरङ उर्लाबारी नगरपालिका ८ बस्ने ३१ वर्षका राजु लिम्बु र पछाडी सवार मोरङ पथरी शनिश्‍चरे ८ बस्ने २५ वर्षीया बिमला लिम्बु रहेका छन।

दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरुलाई दमक स्थित लाईफ लाईन अस्पताल लगिएकोमा अस्पताल पुर्‍याउनासाथ उनीहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

ट्याक्टरका चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ भने दुर्घटनाग्रस्त मोटरसाइकल प्रहरी कार्यालयमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्