रेलमार्ग अध्ययन सुरु, नुवाकोट पुग्यो टोली

रेलमार्ग अध्ययन सुरु, नुवाकोट पुग्यो टोली

काठमाडौं, ९ जेठ  । केरुङ–काठमाडौैं रेल सञ्चालनबारे चिनियाँ प्राविधिक टोेलीले अध्ययन थालेको छ । चिनियाँ प्राविधिकहरूले काठमाडौंको टोखाबाट रेल परियोजनाको प्रारम्भिक अध्ययन सुरु गरेको हो । यसका लागि सात सदस्यीय चिनियाँ प्राविधिक टोली काठमाडौैं आएको छ ।

टोखाबाट रेल मार्ग परियोजनाको प्रारम्भिक अध्ययन थाल्नुको मुख्य उद्देश्य टोखालाई रेल मार्गको सम्भावित स्टेसन बनाउन सकिन्छ कि भनेर हो । चिनियाँ टोली टोखामा प्रारम्भिक अध्ययन गरेर नुवाकोट पुगेको छ ।

विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायका अनुसार, सो टोलीले काठमाडौंदेखि केरुङसम्म विभिन्न स्थानमा रेल सञ्चालन सम्भाव्यताबारे अध्ययन गर्नेछ, राजधानी दैनिकमा खबर छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्