हत्या काण्डका फरार अपराधी १९ वर्षपछि पक्राउ

हत्या काण्डका फरार अपराधी १९ वर्षपछि पक्राउ

पोखरा ।  हत्या काण्डका फरार अपराधीलाई १९ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।  मादी गाउँपालिका–९ का अमिरबहादुर रानाभाटको हत्यारा मादी गाउँपालिका–३ का ३८ वर्षीय ‘ठकुरी माइलो’ भन्ने मनबहादुर शाहीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  प्रहरीका अनुसार सर्वोच्च अदालतबाट कर्तव्य ज्यान मुद्दामा शाहीलाई यसअघि नै २० वर्ष कैद सजायको फैसला  भएको थियो ।  २०५६ सालमा हत्या गरेर फरार रहेका शाहीलाई मंगलबार कास्की जिल्ला अदालतमा पेश गरी जेल चलान गरिएको छ भने उक्त घटनामा संलग्न अन्य चार जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्