अर्जेन्टिनाका मुख्य गोलकिपर सर्जियो रोमेरोले यो विश्वकप गुमाउने

अर्जेन्टिनाका मुख्य गोलकिपर सर्जियो रोमेरोले यो विश्वकप गुमाउने

जेठ ९ ।  अर्जेन्टिनाका मुख्य गोलकिपर सर्जियो रोमेरोले यो विश्वकप गुमाउने भएका छन् । घुँडामा चोट लागेपछि उनको विकल्पका रुपमा प्रशिक्षक जर्ज साम्पोलीले उनको विकल्प खोजेका छन् । वैकल्पिक गोलकिपरमा विली कबालेरो, फ्राङ्को अर्मानी र नाहुयल गुज्मान छन् ।

प्रशिक्षक साम्पोलीले रसिया विश्वकप खेल्ने आफ्नो २३ सदस्यीय टिमको नामावली सार्वजनिक गर्दा इटालियन सिरीएका सर्वाधिक गोलकर्ता इकार्डी, भेटराान खेलाडीहरु कार्लोस टेभेज र फर्नाण्डो गागो पनि टिममा परेनन् ।लियोनेल मेस्सीको कप्तानीमा रहेको टिममा सर्जियो एग्युरो, गोञ्जालो हिग्वेन र पाउलो डिबाला गरी चार जना स्ट्राइकर छन् ।

मिडफिल्डमा लुकास बिग्लिया, इभर बेनेगा, जियोभानी लो सेल्सो, मानुयल लान्जिनी, एन्जल डी मारिया, म्याक्सी मेजा र क्रिष्टियान पाभोन छन् ।
डिफेन्समा निकोलास ओटामेन्डी, फेड्रिको फाजियो, मार्कोस रोहो, जेभियर मास्चेरानो र गाब्रियल मर्काडो छन् । यससँगै निकोलास टेगालियाफिको, इडुवार्डो साल्भियो, मार्कोस अकुना र क्रिष्टियान अन्साल्दी छन् ।समूह ‘डी’ मा अर्जेन्टिनासँगै क्रोएसिया, आइसल्याण्ड तथा नाइजेरिया रहेका छन् । अर्जेन्टिनाले जुन १६ मा आइसल्याण्डसँग पहिलो खेल खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्