लालबाबु पण्डितको सम्पति : बिराटनगरमा एक तल्ले घर अनि एक थान पुरानो साइकल

लालबाबु पण्डितको सम्पति : बिराटनगरमा एक तल्ले घर अनि एक थान पुरानो साइकल

बिराटनगर , जेठ ९  । संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितको सम्पत्ति विवरण सार्वजनिक भएको छ । उनिसँग सवारी साधनका नाममा एक थान पुरानो साइकल मात्र रहेको पाइएको छ ।

मन्त्रिपरिषद् कार्यालयमा पण्डितले बुझाएको बिवरणमा उक्त तथ्य पाइएको हो ।

उनले बुझाएको बिवरणमा विराटनगर १२ बखरीमा एक कठ्ठामा बनेको एक तल्ले ५ कोठे घर रहेको छ । ललितपुर भैसेपाटीमा पत्नी विमला महतको नाममा ४ आना जग्गा रहेको पनि उनले उल्लेख गरेका छन् । उनीसँग १० तोला सुन र १५ तोला चाँदी छ भने बैंकमा पण्डितको नाममा २५ लाख र बिमलाको नाममा ३० लाख बचत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्