मधेश आन्दोलनका क्रममा शहीद भएका परिवारलाई गाउँपालिकामा जागिर

मधेश आन्दोलनका क्रममा शहीद भएका परिवारलाई गाउँपालिकामा जागिर

बिराटनगर जेठ ९ ,  सप्तरीको रुपनी गाउँपालिकाले मधेश आन्दोलनका क्रममा शहीद भएका नागेश्वरकुमार यादवका परिवारलाई सामाजिक परिचालकका रुपमा नियुक्ति दिएका छन् ।

शहीद यादवकी पत्नी सुष्माकुमारी यादवलाई सामाजिक परिचालकाको रुपमा नियुक्त गरिएको गाउँपालिकाका अध्यक्ष हरेराम यादवले जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत रामसुन्दर थापा गाउँपालिकाका अध्यक्ष हरेराम यादव र उपाध्यक्ष बेचनीदेवी सरदारको संयुक्त हस्ताक्षरित नियुक्ति पत्र सुष्मालाई हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष यादवले बताउनुभयो ।

मधेश आन्दोलनका क्रममा शहीद भएका परिवारलाई गाउँपालिकास्तरमा जागिर दिइएको सप्तरीमा सम्भवत यो पहिलो भएको दाबी गरिएको छ ।

विसं २०७२ मंसिर ५ र ६ गते मधेशी मोर्चा सप्तरीले आयोजना गरेको ‘चालु राजमार्ग भरु राजमार्ग’ कार्यक्रमका बेला रुपनीमा प्रहरीले चलाएको गोली लागेर जमुनी मधेपुरा– ९ का २७ वर्षीय नागेश्वर यादवको घटनास्थलमै मृत्यु भएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्