धनकुटाको लेगुवा झरनाको पूर्वाधार व्यवस्थापनको काम सुरु

धनकुटाको लेगुवा झरनाको पूर्वाधार व्यवस्थापनको काम सुरु

धनकुटा, जेठ १० । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ धनकुटाको लेगुवा झरनाको पूर्वाधार व्यवस्थापनको काम सुरु भएको छ ।

धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं २ मा रहेको लेगुवा झरना प्रचारप्रसार तथा पूर्वाधार अभावका कारण ओझेलमा परेको भन्दै नगरपालिकाले व्यवस्थापनको काम सुरु गरेको हो ।

झरना प्रवद्र्धन गरि पर्यटक आकर्षित गर्न नगरपालिकाले गृहकार्य थालेको छ ।

यो झरनासम्म पुग्ने मार्ग निर्माण र पर्यटकीय संरचना व्यवस्थित गर्ने काम भइरहेको छ ।

झरना अवलोकन गर्न पुग्ने पर्यटकको सुविधाका लागि स्थानीय स्तरमा घरबास कार्यक्रम सञ्चालनमा ल्याउने नगरको योजना छ ।

झरना भएको स्थानमा होटल र लजको सुविधा नभए पनि स्थानीयबासीको घरमा होमस्टेको अवधारणा अघि सारिने नगरपालिकाले जनाएको छ ।

आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने प्रसस्त सम्भावना भएको यो झरना करिब दुई सय मिटर अग्लो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्