तराइमा गर्मी बढेपछी विद्यालयमा बिहानी कक्षा सञ्चालन गर्न आग्रह

<span class='c1'>तराइमा गर्मी बढेपछी विद्यालयमा बिहानी</span> <span class='c2'>कक्षा सञ्चालन गर्न आग्रह</span>

इनरुवा, जेठ १० गते । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न क्षेत्रमा रहेका विद्यालयलाई बिहानी कक्षा सञ्चालन गर्नका लागि अभिभावकले आग्रह गरेका छन् ।

भएकाले विद्यालयलाई बिहानी कक्षा सञ्चालन गरी बालबालिकाको सर्वोपरि हितलाई ध्यान दिन आग्रह गरेका हुन् । सदरमुकाम इनरुवामा रहेको शारदा मावि, बलाहा र राजाजी माविलगायतका अभिभावकले आफ्ना बालबालिकाको हितमा ध्यान दिनका लागि विद्यालय प्रशासनलाई आग्रह गरेका हुन् ।

केही दिनयता बढेको चर्को घाम र गर्मीले बालबालिकाको स्वास्थ्यमा असर परेको भन्दै बिहानी कक्षा सञ्चालन गर्न आग्रह गरेको अभिभावक दिलीप साहले जानकारी दिनुभयो । उता भोक्राहा नरसिंह गाउँपालिकाका विद्यालय पनि बिहानीपख चलाउने गरी निर्णय गरिएको छ ।

गाउँपालिका क्षेत्रका सबै विद्यालयलाई बिहानीपख चलाउन प्रधानाध्यापकको बैठकले निर्णय गरेको प्रधानाध्यापक मनोज मेहताले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्