राष्ट्रिय परिचय पत्र वितरणको काम पाँचथरबाट शुरु

राष्ट्रिय परिचय पत्र वितरणको काम पाँचथरबाट शुरु

पाँचथर, ११ जेठ ।
संघीय सरकारले पाँचथर जिल्लबाट राष्ट्रिय परिचय–पत्र बितरणको प्रक्रिया सुरु गरेको छ ।
गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र वितरण व्यवस्थापन केन्द्रका निर्देशक शिवराज जोशी नेतृत्वको टोलीले बिहिवार सदरमुकाम फिदिममा मुकाम स्थापना गरी राष्ट्रिय परिचयपत्र वितरणको प्रक्रिया सुरु गरेको हो । नेपाल सरकारले आर्थिक वर्ष २०६६-०६७को नीति तथा कार्यक्रममार्फत राष्ट्रिय परिचयपत्र वितरणको अवधारणा अगाडी बढाएको थियो । गत पुस १३ गतेको मन्त्री परिषद बैठकमार्फत व्यवस्थापन केन्द्र तय गरेको मापदण्डलाई स्वीकृति दिएको थियो । चिपसहितको स्मार्ट कार्डमा प्रिन्ट हुने राष्ट्रिय परिचयपत्रमा बाहकका दश औठाछाप अंकित व्यक्तिको पहिचान सहितको विवरण समेटिने छ । यसअघि केन्द्रले जिल्लाका ८ वटै स्थानीय तहका सबै वडामा पुगेर परिचयपत्र वितरणसम्बन्धी जानकारी दिइसकेको छ । सरकारले पहिलो चरणमा पाँचथरका १ लाख १० हजार नागरिकसँगै र सिंहदरबारभित्रका ७ हजार गरी १ लाख १७ हजारलाई पहिलो चरणमा राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्ययोजना बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्