बुद्धीचाल प्रतियोगिता जेठ १२ देखि १७ सम्म झापामा हुने

बुद्धीचाल प्रतियोगिता जेठ १२ देखि १७ सम्म झापामा हुने

झापा, ११ जेठ ।
झापाको काँकडभिट्टामा यही जेठ १२ देखि १७ गतेसम्म सञ्चालन हुन लागेको पि.बी. थापा स्मृति केसिसी राष्ट्रिय खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

नाइट चेस क्लबको आयोजना तथा मेची युमा चेस एकेडेमीको एकेडेमिक सपोर्टमा हुन लागेकोे प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथमले ५० हजार, दोस्रोले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गर्नेले नाइट चेस क्लबका अध्यक्ष कृष्णकान्त खनियाँले बताए । प्रतियोगितामा झापा र मेचीनगरका १ सय २० तथा झापा बाहिरबाट ८० जना खेलाडीले प्रतिष्पर्धा गर्ने आयोजक क्लवका महासचिव सन्तोष आचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्