बेलबारीमा आगलागीबाट घरमा क्षति 

 बेलबारीमा आगलागीबाट घरमा क्षति 

मोरङ, जेष्ठ ११ गते ।

बेलबारीमा बिहिबार राती आगलागी भएको छ। बेलबारी नगरपालिका ७ बाहुनी स्थित दिलमाया ठकुरीको घरमा राती ११ बजेतिर अचानक आगलागी भएको हो।

आगलागीबाट दिलमायाको एक तले घर, घरभित्र भएका लत्ताकपडा, भाडावर्तन, हाँस, कुखुराहरु जलेका छन।

आगोले करिब पचास हजार बराबरको धनमाल नष्ट भएको अनुमान गरिएको छ। आगो स्थानीतयवासी र प्रहरीको सहयोगमा राती ११;३० बजे नियन्त्रण गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्