केराबारीबाट अवैध गिट्टी बालुवा उत्खनन्‌ गर्ने जेसिबि र ट्याक्टर नियन्त्रणमा

केराबारीबाट अवैध गिट्टी बालुवा उत्खनन्‌ गर्ने जेसिबि र ट्याक्टर नियन्त्रणमा

मोरङ, जेष्ठ ११ गते।

प्रहरीले मोरङको केराबारीबाट अवैध रुपमा गिट्टी-बालुवा उत्खनन् गर्ने जेसिबि र चार वटा ट्याक्टरलाई बिहिबार नियन्त्रणमा लिएको छ।

केराबारी गाउँपालिका ७, ८ र १० स्थित खदम खोलाबाट मापदण्ड विपरित ढुंगा, गिट्टी, बालुवा उत्खनन्‌तथा ओसार पसारमा संलग्न रहेका ना १ क ६८५४ नम्बरको जेसिबि तथा को १ त ४८३८, को २ त ७३४०, को २ त ६८४५ र को २ त ४३२१ नम्बरको ट्याक्टर इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएका प्रहरीले नियन्त्रणमा लिई कारवाहीका लागी जिल्ला समन्वय समितिको कार्यालय मोरङमा बुझाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्