बुढीगंगामा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु 

 बुढीगंगामा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु 

मोरङ, जेष्ठ ११ गते ।

मोरङको बुढीगंगा गाउँपालिका ३ स्थित भित्री सडकमा बिहिबार साँझ ८ बजे ट्रकले ठक्कर दिएर पैदलयात्रीको मृत्यु भएको छ।

ना ७ ख ७०१९ नम्बरको ट्रकले ठक्कर दिंदा बुढीगंगा गाउँपालिका ४ बस्ने अन्दाजी वर्ष ४०/४५ का नोनीदेवी चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ।

मृतकको शव कोशी अंचल अस्पतालमा राखिएको छ भने ट्रकसहित चालकलाई इलाका प्रहरी कार्यालय निमुवाले नियन्त्रणमा लिएको छ।

यता मोरङकै कानेपोखरी गाउँपालिका २ खानटोली भन्ने स्थानमा राती ११ बजेतिर को. ३२ प. ८९८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलका चालकसहित तीन जना घाइते भएका हुन।

घाइतेहरुमा चालक कानेपोखरी-३ बस्ने २८ वर्षीय उत्सव चौधरी, पछाडी सवार ३० वर्षीय दुर्गा राजवंशी र सोही उमेरका सपन धिमाल रहेका छन्। घाइते तीनै जनाको विराटनगर स्थित न्युरो अस्पतालमा उपचार भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्