प्रदेश नं १ का १४ वटै जिल्लाका नागरिकका सबै घरधुरीमा सूनामूलक स्टिकर टाँस गर्ने

<span class='c1'>प्रदेश नं १ का १४ वटै जिल्लाका</span> <span class='c2'>नागरिकका सबै घरधुरीमा सूनामूलक स्टिकर टाँस गर्ने</span>

विराटनगर, जेठ ११ । प्रदेश नं १ अन्तर्गतका आन्तरिक मामिला तथा कानून मन्त्रालयले १०० दिन पूरा गरेको अवसर पारेर प्रदेशका १४ वटै जिल्लाका नागरिकका सबै घरधुरीमा सूनामूलक स्टिकर टाँस गर्ने भएको छ ।

जेठ १४ गतेदेखि बिहान ८ बजे एकै समयमा प्रदेशको सबै जिल्लामा स्टिकर टाँस गर्ने कार्य शुभारम्भ हुने मन्त्रालयका अधिकृत मुरारीप्रसाद घिमिरेले बताउनुभयो ।

जनतासँग प्रहरी कार्यक्रमलाई सार्थक बनाउने उद्देश्यले आमजनताको घरदैलोमा प्रहरीको टेलिफोन नम्बरसहित सूचनामूलक स्टिर प्रदेशका ११ लाख १४ हजार घरधुरीमा टाँसिने कार्यक्रम रहेको बताइएको छ ।

यसबाट आमनागरिकलाई घटनाको सूचना आदानप्रदान गर्न र समाजमा सुरक्षाको स्थितिलाई बलियो बनाउन पनि मद्दत पुग्ने विश्वास लिइएको छ ।   (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्