श्रीमतीको हत्या गरी भागेका इलामका मदन पक्राउ परे

श्रीमतीको हत्या गरी भागेका इलामका मदन पक्राउ परे

इलाम । श्रीमतीको हत्या गरी फरार भएका अभीयुक्त मदन लिम्बु पक्राउ परेका छन् । लिम्बुलाई प्रहरी टोलीले इलाम नगरपालिका स्थित घटना भएको स्थान आसपासमा लुकीछिपी बसेको अवस्थामा आजबिहान ६ः४० बजे पक्राउ गरेको हो ।

इलामको गोलाखर्क भञ्जायङमा बिहीबार बेलुका श्रीमतीलाई धारीले हतियार प्रयोग गरी हत्या गरेका थिए । इलामको माईजोगमाई गाउँपालिका ५ सोयाङ घर भई हाल इलाम नगरपालिका ९ गोलाखर्कमा डेरा गरी बस्ने अन्दाजी ३९ का  लिम्बुले घरायसी वादविवाद हुँदा आफ्नै श्रीमती बिमला लिम्बुलाई खुकुरी प्रहार गरी घाइते बनाएका थिए ।

इलाम अस्पतालमा उपचारको क्रममा विमलाको मृत्यु भएको थियो । खुकुरी प्रहार गरेर फरार रहेका मदन लिम्बुलाई आज बिहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्