बेलबारीको टोल टोलमा सुचनाको लागि सूचना पाटी राख्न थालियो

<span class='c1'>बेलबारीको टोल टोलमा सुचनाको लागि</span> <span class='c2'>सूचना पाटी राख्न थालियो</span>

बेलबारी / बेलबारी नगरपालिकाको वाड नं. ३ स्थित भगवती टोलमा शुक्रबार पहिलो सूचना पाटी राखिएको छ । जनतालाई सुचनाको हकबाट बन्चित हुन नदिन र सहज सुचना प्रदान गर्ने उद्देश्यले नगरको बिभिन्न स्थानमा सूचना पाटी राखिन्दैछ ।

नगरका प्रवक्ता तथा वाड नं. ३ का वाड अध्यक्ष योगेन्द्र सुवेदीको नेतृत्वमा पहिलो सूचना पाटी राख्दै बेलबारी वाड नं. ३ भित्रका सबै टोल विकास संस्थालाई आ.व २०७४/०७५ मा संचलान गर्नु पर्ने योजना तयार गर्न नगरपालिकाले तोकेको मापदण्ड फारम अनुसार मिति २०७५ जेष्ठ १४ गते टोल विकास संस्थाको निर्णय गरेर योजना छनोट गरी वाड कार्यलयमा पेश गर्न सूचना राखिएको छ ।

प्रवक्त सुबेदीले तत्काल बेलबारी वाड नं. ३ भित्र १० वटा सूचना पाटी राख्ने निर्णय भएता पनि आवश्यक अनुसार अन्य स्थानमा पनि राख्नु पर्ने भएकोले सुन्दर टोलमा ३ दिन भित्र १ सूचना पाटी थप गरी ११ वटा सूचना पाटी राखिने सुबेदीले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्