बाँसको भाटाले हिर्काएर आफ्नै दाजुको हत्या

<span class='c1'>बाँसको भाटाले हिर्काएर</span> <span class='c2'>आफ्नै दाजुको हत्या</span>

उदयपुर, १२ जेठ ।
उदयपुरको त्रियुगा नगरपालिका ५ मुसहर टोलमा एक युवकले बाँसको भाटाले हिर्काई आफ्नै दाजुको हत्या गरेका छन। त्रियुगा नगरपालिका ५ बस्ने २२ वर्षीय संजिव सदाले आफ्नै दाजु २८ बर्षिय पशुपति सदालाई बाँसको भाटाले टाउकोमा हिर्काई हत्या गरेका हुन।
मदिरा सेवन गरेर आएका संजिवले दाजुसंग विवाद भएपछि भाटाले टाउकोमा हिर्काउँदा पशुपति गम्भीर घाइते भएका थिए। पशुपतिलाई उपचारका लागी जिल्ला अस्ताल पठाइएकोमा उनको उपचार हुँदा हुँदै मृत्यु भएको इलाका प्रहरी कार्यालय जलजलेले जनाएको छ। संजिवलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्