गोरेको आज पनि बयान लिने क्रम जारी

गोरेको आज पनि बयान लिने क्रम जारी

बिराटनगर जेठ १३ ,  सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चुडामणि उपे्रतीको मोरङ जिल्ला अदालतमा चौथो दिनको बयान सुरु भएको छ ।

शुक्रवार टुंग्याउने गरी अदालतको समय भन्दा एक घण्टा बढी ४ बजे सम्म बयान लिने कार्य गरिदा पनि वयान नटुंगिएपछि आज पनि बयान लिने क्रम जारी छ । जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको ६ नं. इजलाशमा बुधवार देखि सुरु भएको बयानका आधारमा प्रहरीले हालसम्म एक जनालाई पक्राउ गरेको छ । त्यस्तै गोरेमाथि लगाइएको अभियोगको प्रमाणका रुपमा प्रस्तुत गरिएको भिडियो आज अदालतमा देखाउने सरकारका तर्फका वकिलको तयारी छ ।

उता शुक्रबार गृह मन्त्रालयको बिशेष छानबिन समितिले सुन तस्करीमा संलग्न भएको आधारमा पक्राउ परेका अन्य दुई जनालाई समेत मोरङ जिल्ला अदालतमा आज पेश गरिँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्