सेन्चुरी बैंकको शाखा कार्यालयमा अज्ञात समूहले गोली प्रहार

सेन्चुरी बैंकको शाखा कार्यालयमा अज्ञात समूहले गोली प्रहार

धनगढी। धनगढीको ट्राफिक चोक नजिकै रहेको प्रदेश नम्बर ७ को राजधानी धनगढीस्थित सेन्चुरी बैंकको शाखा कार्यालयमा गोली प्रहार भएको छ।

सेन्चुरी बैंकको शाखा कार्यालयमा बिहान अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ।

बैंक खुलेपछि पैसा निकालेर बाहिर निस्कँदै गरेका व्यक्तिमाथि गोली प्रहार भएको हो। घाइते ती व्यक्तिलाई उपचारका लागि सेती अञ्चल अस्पताल लगिएको छ। लुटेराले गोली प्रहार गरी उनलाई लुट्न खोजेको वडा प्रहरी कार्यालय धनगढीका इन्चार्ज प्रहरी निरीक्षक इन्द्र मल्लले अनुमान गरेका छन् ।(न्युज २४)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्