गोली प्रहार गरी ९ लाख ५० हजार रुपैयाँ लुटियो

गोली प्रहार गरी ९ लाख ५० हजार रुपैयाँ लुटियो

कैलाली, जेठ १३ । कैलालीको धनगढी उपहानगरपालिका–२ मेनरोडमै एक जनालाई गोली हानेर उनको साथमा रहेको ९ लाख ५० हजार लुटपाट भएको छ ।आईएमईबाट रकम लिएर बैंकमा जम्मा गर्न जाने क्रममा धनगढी–३ बस्ने ३७ वर्षीय निर्मल कार्कीमाथि अज्ञात समूहले गोली प्रहार भएको हो ।

उनको छाती र दाहिने हातमा गोली लागेको प्रहरीले जनाएको छ । गोली हान्ने समूहले उनको साथमा रहेको रकम लुटेर भागेको छ । मोटरसाइकलमा आएका दुई जनाको समूहले रकम लुटेको हो । कार्कीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । गोली हान्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्