ओखलढुंगामा टाटासुमो दुर्घटना , एक यात्रुको मृत्यु

ओखलढुंगामा टाटासुमो दुर्घटना , एक यात्रुको मृत्यु

रामहरि श्रेष्ठ

काठमाडौं । ओखलढुंगाको मोलुङ गाउँपालिका २ मा टाटासुमो दुर्घटना भएको छ । दुर्घटनामा परि एक यात्रुको मृत्यु भएको छ भने एक बालकसहित ८ जना घाईते भएका छन् । आईतरबार मध्यान्ह प्राप्चाबाट सदरमुकाम आउदै गरेको ना १ ज ५५६२ नम्बरको टाटा सुमो अन्दाजी सडकबाट १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि घाईते भएकाहरुलाई उपचारका लागि सामुदायिक अस्पताल मिसनमा ल्याउने क्रममा एक जनाको भने मृत्यु भएको ओलखढुंगा प्रहरी प्रमुख अनन्तराम शर्माले जानकार दिनुभयो ।

मृत्यु हुनेमा मोलुङ गाउँपालिका २ का १८ बर्षीय रविन बिक रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाईते हुनेहरुमा १५ महिनाको शिशुसहित मोलुङ २ का जमुना खत्री , बर्ष १६ का बिष्णु बिक, १७ बर्षीय अशोक बिक र सोही स्थानका सवारी चालक अमृत बिक रहेका छन् ।

त्यस्तै सिद्धिचरण नगरपालिका ६ का १५ बर्षीय पासाङ्ग लक्की शेर्पा, मोलुङ ७ का ३१ बर्षीय पदम बिक र खिजिदेम्बा गाउँपालिकाका बर्ष २८ का सांङ्गे शेर्पा रहेका छन् । घाईते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

उनिहरुको सामुदायिक अस्पताल मिसनमा उपचार भैरहेको छ । दुर्घना गाडीको ब्रेक फेल भई भएको भनिएपनि दुर्घटनाको कारण अनुसन्धान पछि पत्ता लाग्ने प्रहरीले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्