विराटनगरमा अब बेरोजगारका लागि रोजगार मेला

विराटनगरमा अब बेरोजगारका लागि रोजगार मेला

विराटनगर, १३ जेठ ।
उद्योग संगठन मोरंग र पूर्वाञ्चल विश्व–विद्यालयको संयुक्त आयोजनामा रोजगार मेला आयोजना हुने भएको छ । यही जेठ २८ गते सोमवार संगठनको सचिवालयमा बिहान ११ः०० बजे देखि ४ः०० बजे सम्म रोजगार मेला आयोेजना गर्न लागिएको हो ।
आज बिराटनगरमा उद्योग संगठन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा यस क्षेत्रका क्याम्पसबाट उत्पादित दक्ष जनशक्तिलाई स्थानिय उद्योग÷व्यवसाय, वैंकिङ क्ष्ँेत्र, पर्यटन व्यवसाय, होटल लगायतका क्ष्ँेत्रमा रोजगार उपलब्ध गराउने उद्देश्यले संगठन र पूर्वाञ्चल विश्वविद्यालयको आयोजनामा विराटनगरमा दोश्रो पटक रोजगार मेला संचालन गर्न लागिएको जानकारी दिईएको हो ।
प्रथम पटक संचालित मेलाको सफलताबाट प्रेरित भई पुनः दुवै संस्थाको सहकार्यमा हुन लागेको जव फेयरमा रोजगारका खोजीमा रहेका जनशक्ति र रोजगारदातालाई एकै स्थानमा राखी आफनो आवश्यकता अनुसारको मानव संशाधन खोज्न सहयोग पु¥याउने आशा लिईएको छ ।
उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्ययले रोजगार मेलामा एकाउन्ट, मार्केटीङ्ग, फाईनान्स, मानव शंसाधन तथा अन्य प्राविधिक क्षेत्रबाट स्नातक र स्नातकोत्तर पास आउट भएका विद्यार्थीहरुको सहभागिता रहने जानकारी दिए । उनले भने, मेलामा उद्योग÷व्यवसाय, बैकिङ्ग, पर्यटन, होटल व्यवसायीले रोजगारदाताको तर्फबाट प्रतिनिधित्व गर्नु हनेछ ।
रोजगारको खोजीमा दक्ष जनशक्ति पलायन हुने क्रममा रहेको छ भने उद्योग÷व्यवसाय लगायतका क्षेत्र जनशक्तिको अभाव भोग्नु परिरहेको वत्र्तमान अवस्थामा आयोजना गर्न लागिएको रोजगार मेलाबाट एकातर्फ रोजगारदातालाई आफनो आवश्यकता अनुसारको जनशक्ति उपलब्ध हुनेछ । रोजगारी कै खोजीमा यस क्षेत्रबाट विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्न केही हदसम्म मद्दत पुग्ने आयोजकको विश्वास रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्