बालकृष्ण ढुंगेललाई आम माफीको बिरोधमा द्धन्द्धपीडितको काठमाडौँमा बिरोध

<span class='c1'>बालकृष्ण ढुंगेललाई आम माफीको</span> <span class='c2'>बिरोधमा द्धन्द्धपीडितको काठमाडौँमा बिरोध</span>

काठमाडौँ । द्धन्द्धकालीन हत्याको अभियोगमा सर्वस्वसहित जन्मकैदको सजाय भुक्तान गरिरहेका बालकृष्ण ढुंगेललाई आम माफी दिन नपाइने दावीसहित द्धन्द्धपीडितहरुले काठमाडांैमा बिरोध प्रर्दशन गरेका छन् ।
हत्याको अभियोग लागेका ढुंगेलजस्ता अपराधिलाई राजनीतिक आवरणको आडमा आम माफी दिन सरकार लागि परेको भन्दै द्धन्द्धपीडितहरुले विरोध प्रर्दशन गरेका हुन । काठमाडौंको माईतीघर मण्डलामा आईतबार बिहान १० बजेतिर भेला भएका उनीहरुले मुलुककै कानुन र अन्तराष्ट्रिय कानुनको समेत धज्जी उडाउँदै सरकारले बालकृष्ण ढुंगेलजस्ता अपराधिलाई आम माफी दिन लागेको भन्दै आपत्ति जनाएका छन । द्धन्द्धकालका हत्यारा ढुंगेललाई आम माफी नदिन माग गर्दै सरकारविरुद्ध प्रर्दशन गर्न बाध्य हुनु परेको द्धन्द्धपीडित सावित्री श्रेष्ठले जानकारी दिनुभयो । उहाँले हत्यारालाई उन्मुक्त दिने काम कुनै पनि हिसाबले सैह्य नहुने चेतावनी पनि दिनु भयो ।
ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा संलग्न रहेको प्रमाणको आधारमा सर्वोच्च अदालतको आदेशअनुसार ढुंगेलले सर्वस्वसहित जन्मकैदको सजाय भुक्तान गरिरहेका छन् । उज्जनकुमार श्रेष्ठकी दिदी समेत रहनुभएकी सावित्रीले मानव हत्याजस्तो जघन्य अपराधमा संलग्न ढुंगेललाई आममाफी दिन खोजिएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्