देशभरका जेलमा रहेका ५ सयभन्दा बढी कैदीलाई आममाफी दिने तयारी

<span class='c1'>देशभरका जेलमा रहेका ५ सयभन्दा</span> <span class='c2'>बढी कैदीलाई आममाफी दिने तयारी</span>

काठमाडौं, जेठ १४ । सरकारले देशका विभिन्न जेलमा रहेका ५ सयभन्दा बढी कैदीलाई आममाफी दिने निर्णय गरेको छ ।

गणतन्त्र दिवसको दिन सरकारले ५ सयभन्दा बढी कैदीलाई आममाफी दिने निर्णय गरेको हो ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयको प्रस्ताव अनुसार नेपालको संविधानको धारा २७६ अनुसार माफी दिन राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेको हो ।

संविधानको धारा २७६ मा राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुन बमोजिन माफी, मुल्तबी, परिवर्तन वा कम गर्न सक्ने उल्लेख छ ।

माफीको सूचीमा तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेलको पनि नाम रहेको भए पनि यस विषयमा सर्वोच्च अदालतमा मुद्दा परेको र अदालतले सरकारका नाममा कारण देखाऊ आदेशसमेत जारी गरिसकेको हुनाले अदालतकै निर्णयमा माफी हुने नहुने टुंगो लाग्नेछ ।

मन्त्रिपरिषद्को हिजोको बैठकले यस्तो निर्णय गरेको भए पनि सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले यो निर्णय सार्वजनिक गरेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्