३३ किलो सुन काण्ड अभियुक्त गोरे पूर्पक्षका लागि थुनामा

<span class='c1'>३३ किलो सुन काण्ड अभियुक्त</span> <span class='c2'>गोरे पूर्पक्षका लागि थुनामा</span>

नवराज कट्टेल

विराटनगर, जेठ १४ गते । आपराधिक समूह स्थापना गरी सुन चोरी पैठारी, अपहरण तथा कर्तब्य ज्यान मुद्दामा मुख्य अभियुक्त बनाइएका गोरे भनिने चुडामणी उप्रेतीलाई जिल्ला अदालत मोरङले पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिइएको छ ।
जिल्ला अदालत मोरङका न्यायाधीश नारायण प्रसाद शर्माको इजलासले संगठित अपराध निवारण ऐन २०७० को दफा ४१ तथा मुलुकी ऐन अदालती बन्दोबस्ती ११८ का आधारमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिनु भएको निमित्त स्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी दिनुभयो ।
अदालतको आदेशमा ‘अनुसन्धान तहमा फरार प्रतिवादी पक्राउ परेपछि निजको हकमा मिशिल अध्ययन गर्दा किटानी जाहेरी अन्य प्रतिवादीको निज उपरको पोल, निजले अपराधिक संगठन स्थापना र सञ्चालन गर्दै आएको सुन तस्करी सम्बन्धी बरामदी रजिष्ट्रार, भरियाहरुलाई अपहरण र शरिर बन्धक गर्दै अमानवीय र क्रुर यातना दिदाँ एक सदस्य समेतको मृत्यु भइसकेको प्राप्त प्रमाणहरु भिडियो र श्रव्यदृश्यबाट देखिएको’ उल्लेख छ ।
नेपाल सरकार वादी रहने मुद्दामा जिल्ला न्यायधिवक्ता पुण्यप्रसाद पाठक र सह–न्यायधिवक्ता रोहित पोखरेल तथा कानुन व्यवसायीहरु डम्बरबहादुर थापा मगर, नगेन्द्रबहादुर थापा र बिनोद यादवले तत्काल थुनामा राख्ने आदेश माग गर्नु भएको थियो । 
प्रतिवादी अभियुक्त गोरेकोतर्फबाट यामबहादुर मगरले बहस गर्दै उनले अपहरण तथा कर्तव्य ज्यान मार्ने नियत नराखेकोले सादा तारेख माग गर्नु भएको थियो । थुनछेक बहसपछि न्यायधिश शर्माको इजलासले सिदा खान पाउने गरि अदालती बन्दोबस्ती १२१ नम्बर बमोजिम थुनुवा पूर्जी दिई मोरङ कारागार पठाउन आदेश भएको हो ।
चार दिनसम्म गोरेले जिल्ला अदालत मोरङको ६ नम्बर इजलासमा ३७ पृष्ठ बयान लेखाएका थिए । अदालतले यहि प्रकरणका ३० प्रतिवादीले उनीमाथि लगाएका अभियोग, जाहेरीवाला संजीव शाक्यको जाहेरी, अनुसन्धानका क्रममा प्रहरीले बरामद गरेको प्रमाण समेतलाई आधार बनाएर ६२ वटा प्रश्न सोधेको छ ।
यस अगाडी नै यहि समूहका २८ प्रतिवादी पुर्पक्षका लागि थुनामा राख्ने आदेश भईसकेको छ भने अमरबहादुर थापा मगर सादा तारेख र बिष्णुबहादुर खड्का १५ हजार धरौटीमा छुटिसकेका छन् ।
जसमा गोरेले सुन तस्करी हुने कुरालाई स्वीकार गर्दै उच्च राजनीतिक तहको नेतृत्व र प्रहरीका उच्च अधिकारीसमेत रहेको बताएका छन् । तर, कुनै व्यक्तिको नाम भने खुलाएका छैनन् । बयानमा गोरेले प्रतिवादीमध्ये महावीरप्रसाद गोल्यान अग्रवाल, प्रमोदकुमार श्रेष्ठ, कपिलराज पुरी, हेमन्त गौतम, रोशन भन्ने गुप्तलाल भुषाल, गिता श्रेष्ठ, अमरमान डंगोल, विष्णुबहादुर खड्का, अमर भन्ने अम्बरबहादुर थापा मगर, दिवेश लोहनी, प्रजित केसी लाई नचिनेको दावी गरेका छन् । यस्तै प्रतिवादीहरु चेतनाथ भण्डारी र भोजराज भण्डारी आफ्नो मामा र निरु भन्ने नर्वदा खरेल उप्रेती आफ्नी श्रीमती रहेको उनले बताएका छन् । उनले अन्य प्रतिवादीहरुलाई दुबई र नेपालमा बस्दाको अवधिमा चिनेको बयानमा जानकारी दिएका छन् ।
उनले दुबईबाट भारतीय व्यापारीले मगाएको सुन विमानस्थलबाट त्यहाँका कर्मचारीले बाहिर निकाल्न सहयोग गर्ने गरेको बताएका छन् । पछिल्लो साढे ३३ केजी सुन सानु बनले बाहिर निकाल्ने क्रममा हराएपछि विभिन्न व्यक्तिहरुलाई सोधपुछ गरेको उनले स्वीकार गरेका छन् ।
यसैगरी गोरेले आफ्नो बयानमा वरिष्ठ प्रहरी उपरीक्षक श्यामबहादुर खत्री एयरपोर्टमा कार्यरत रहँदा चार सयदेखि पाँच सय केजी सुन विमानस्थलबाहिर निकाल्न सहयोग गरेको खुलाएका छन् । त्यस वापत खत्रीले प्रतिकेजी पचास हजार रुपिँयाका दरले रकम लिएको आरोप लगाएका छन् । यसैगरी बालकृष्ण सन्जेललाई पैंतिस लाख रुपिँया घर बनाउन सहयोग गरेको र अझै दशलाख रुपिँया फिर्ता लिन बाँकी रहेको बताएका छन् ।
सनम शाक्यको हत्यापछि लास व्यवस्थापनका लागि प्रहरी नायव उपरीक्षक प्रजित केसीले दुई करोड माग गरेको भए पनि आफूलाइ डर लागेपछि भाग्न बाध्य भएको बताएका छन् । उनले गोविन्द निरौला र विकासराज खनालले सुन तस्करीमा सहयोग गर्ने गरेको दावी गरेका छन् भने भुजुङ गुरुङ र सुनिलकुमार अग्रवाल सुनको कारोबारी भएको दावी गरेका छन् । उनले उनीहरु धेरै पहिलाका कारोबारी भएको बताउँदै आफू छिरिङ गुरुङको लाइनमा काम गर्दै आएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्