झापा ।झापा अर्जुनधारा नगरपालिकाले सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने उमेर पुगेका अर्जुनधारा नगरभित्रका दीर्घरोगी ज्येष्ठ नागरिकलाई निःशुल्क सेवा तथा औषधि वितरण गर्ने भएको छ ।
यस्ता निःशुल्क उपचार गराईनेमा पहिलो चरणमा उच्च रक्तचाप र मधुमेहका बिरामीलाई प्राथमीकता दिईने अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरिकुमार रानाले बताए साथै यस कार्यक्रमको निरनतरता स्वरुप भविश्यमा एकल महिला र शारीरिक अपांगता भएका ब्यक्तीहरुलाई पनि समेट्दै जाने बताईएको छ ।
रक्तचाप जाँच र रक्त जाँचका लागि शनिश्चरे प्राथमिक स्वास्थ्य केन्द्र, अर्जुनधारा स्वास्थ्य चौकी र खुदुनाबारी स्वास्थ्य चौकीलाई केन्द्र बनाएर कार्यक्रम शुरुवात गर्न लागिएको हो।