महिनावारीको समयमा ४३ प्रतिशत किशोरीहरु स्कुल जादैनन्

<span class='c1'>महिनावारीको समयमा ४३ प्रतिशत</span> <span class='c2'>किशोरीहरु स्कुल जादैनन्</span>

काठमाडौं । महिनावारीको समयमा ४३ प्रतिशत किशोरीहरु स्कुल नजाने गरेको एक सरकारी अध्ययनले देखाएको छ । शिक्षा मन्त्रालयले पर्सा, बाजुरा र डडेलधुरामा गरेको अध्यननले यस्तो देखाएको हो ।
प्रदेश नम्बर ६ का २.३ प्रतिशत किशोरी महिनावारीको समयमा स्कुल नजाने गरेको र ३९ प्रतिशतले शौचालय प्रयोग नगरेको मन्त्रालयले गरेको अध्ययनमा देखिएको छ । त्यस्तै, प्रदेश नम्बर ७ मा ७१ प्रतिशत किशोरी महिनावारीको समयमा स्कुल नजाने गरेका छन् ।
शिक्षा मन्त्रालयका सहसचिव डा. हरि लम्सालले अझै पनि कतिपय स्कुलहरुमा महिलामैत्री शौचालय नहँुदा महिनावारीको समयमा किशोरीहरु शौचालय नजाने गरेको बताए । “महिलामैत्री शौचालय सबै विद्यालयमा हुनपर्छ । पाठ्यक्रममा समावेश भए पनि महिनावारीको विषयमा पढाउने शिक्षक अभाव भएको छ,” उनले भने ।
जनस्वास्थ्य विज्ञ राधा पौडेलले महिनावारी महिलाको नियमित प्रक्रिया भएकाले घरबाहिर बस्नुपर्ने, धारा छुन नहुने, दूधजन्य वस्तु खान नहुने आदि सबै अन्धविश्वास भएको बताइन् । यसका लागि चेतना जगाउन सरकारी स्तरबाट कार्यक्रम हुनुपर्ने उनको भनाइ छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. महेन्द्र श्रेष्ठले महिलामैत्री शौचालय नभएका सरकारी अस्पताल तथा स्वास्थ्य चौकीमा आउँदो आर्थिक वर्षमा बजेट विनियोजन गरेर महिलामैत्री शौचालय बनाइने बताए ।
युनिसेफले दुई वर्षअघि १५ देखि ४९ वर्ष उमेर समूहका करिब १५ हजार महिलामा गरेको अध्ययनमा पनि नेपालमा ७१ प्रतिशत महिला तथा किशोरी महिनावारीको समयमा घरबाहिर बस्ने गरेको पाइएको थियो ।
कानुनविद् दिनेश सत्यालले सरकारले बनाएको छाउपडी विधेयकअनुसार छाउपडीमा बस्न लगाउनेलाई ३ हजार जरिवाना र एक वर्षको कैदको सजाय रहेको बताए  ।
आज (सोमबार) देशैभर विभिन्न संघसंसस्थाले राष्ट्रिय मर्यादित र महिनावारी दिवस मनाइरहेका छन् । यसै अवसरमा काठमाडौंमा स्वास्थ्य मन्त्रालय, खानेपानी तथा सरसफाइ मन्त्रालय, शिक्षा मन्त्रालय र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्राालयले गरेको एक कायक्रममा विज्ञहरुले नेपालमा अझै पनि महिनावारीको समयमा स्कुल नजाने र घरमा बस्न नपाउने तथा स्वस्थकर खानेकुराबाट समेत वञ्चित हुने अवस्था रहेको भन्दै चिन्ता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्