धनकुटाको चौविसे गाउँपालिकाले सुरु गर्यो सुलभ फार्मेसी पसल

<span class='c1'>धनकुटाको चौविसे गाउँपालिकाले सुरु</span> <span class='c2'>गर्यो सुलभ फार्मेसी पसल</span>

धनकुटा, जेठ १४ । धनकुटाको चौविसे गाउँपालिकाले सुलभ फार्मेसी पसल सञ्चालनमा ल्याएको छ ।

सरकारले निःशुल्क वितरण गर्ने ३५ प्रकारका औषधिवाहेकका औषधि स्थानीयवासीलाई सहुलियत र सहज रुपमा उपलब्ध गराउने उद्देश्यले सुलभ फार्मेसी सञ्चालनमा ल्याइएको हो । चौविसे गाउँपालिकाभित्र ७ वटा स्वास्थ्य चौकी र ३ वटा सामुदायिक स्वास्थ्य संस्थामा सुलभ फार्मेसी सञ्चालनमा छन् ।

हाल स्थानीय स्वास्थ्य संस्थाबाटै १५० प्रकारका औषधि उपलब्ध हुन थालेको छ ।

फार्मेसी पसल सञ्चालनका लागि गाउँपालिकाले हरेक स्वास्थ्य संस्थालाई एक/एक लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ । सुलभ फार्मेसी पसलबाट निजी फार्मेसीले बिक्री गर्ने औषधिको मूल्यभन्दा ५ प्रतिशत सस्तोमा खरिद गर्न पाइने चौविसे गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख खडानन्द शाहले जानकारी दिए ।

स्वास्थ्य चौकीभित्रै फार्मेसी सञ्चालनमा आएपछि औषधि खरिदका लागि टाढा जानुपर्ने बाध्यता अन्त्य भएको मुढेबास स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट योगराज लिम्बुले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्