रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कार अधिकारीलाई

रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कार अधिकारीलाई

विराटनगर, १४ जेठ । नेपाल प्रेस युनियन मोरङले हरेक वर्ष प्रदान गर्दै आएको रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार कुमोद अधिकारीलाई प्रदान गर्ने भएको छ । सोमबार बसेको युनियनको बैठकले दुई दशकदेखि पत्रकारितामा सक्रिय अधिकारीलाई नगद ११ हजार १ सय ११ रुपैयाँसहित सम्मानपत्र प्रदान गर्ने निर्णय गरेको हो । पत्रकार महासंघ मोरङका उपाध्यक्षसमेत रहेका अधिकारी युनियनका पूर्वअध्यक्ष हुन् । उनी रेडियो नेपालमा कार्यरत छन् ।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा लामो संघर्ष गरेका रिजालको नाममा युनियनले पुरस्कार स्थापना गरेको हो । आफ्ना बाबुआमाको नाममा हरेक वर्ष पुरस्कार प्रदान गर्ने गरी छोरा सुभाष रिजालले २ लाख रुपैयाँको अयक्षकोष खडा गरेका छन् । अक्षयकोषको ब्याजबाट हरेक वर्ष युनियनको स्थापना दिवसको अवसरमा पुरस्कार प्रदान गरिने युनियनका अध्यक्ष मीनकुमार नवोदितले जानकारी दिए । अध्यक्ष नवोदितका अनुसार छिट्टै विशेष समारोहका बीच पुरस्कार प्रदान गरिनेछ । यसअघि यो पुरस्कारबाट अजित तिवारी र अभयकुमार राई सम्मानित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्