​वैदेशिक रोजगारमा जाने ६०८ को मृत्यु, कामदारमध्ये २२४ जना अंगभंग

​वैदेशिक रोजगारमा जाने  ६०८ को मृत्यु, कामदारमध्ये २२४ जना  अंगभंग

काठमाडौ, १४ जेठ  ।  अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७४/७५ अनुसार वैदेशिक रोजगारमा गएका नेपाली युवा बिरामी र अंगभंग हुने क्रम बढेको छ ।

आर्थिक वर्षको पहिलो ८ महिनामा वैदेशिक रोजगारमा गएका कामदारमध्ये २२४ जना बिरामी र अंगभंग भएका छन् । यो संख्या अघिल्लो वर्ष भन्दा १८ जना बढी हो । गएको वर्ष २०६ जना नेपाली कामदार अंगभंग र बिरामी भएका छन् । अंगभंग र बिरामी हुनेमा २२१ पुरुष र ३ जना महिला रहेका छन् । अघिल्लो वर्ष अंगभंग हुनेमा महिलाको संख्या आठ र पुरुषको संख्या १९८ थियो ।

आर्थिक वर्ष २०७२/७३ मा भने ११६ जना कामदार बिरामी तथा अंगभंग भएका थिए । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार ४५ लाख भन्दा धेरै युवा अन्ति श्रम स्वीकृती लिएर रोजगारीका लागि विदेश गएका छन् । विदेशिएका कामदारलाई कडा खालको रोग लाग्ने, अंगभंग हुने र मृत्यु हुनेको संख्या बढ्दै गएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको तथ्यांक छ ।

विदेशमा एक वर्षमा ६०८ को मृत्यु

वैदेशिक रोजगार बोर्डको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४/७५ को चैत मसान्तसम्मा वैदेशिक रोजगारीमा गएका ६०८ जनाको मृत्युको भएको छ । मृत्यु हुनेमा ५९३ जना पुरुष र १५ जना महिला रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्