कोईराला परिवार भित्रको राजनीति, गणतन्त्रको सम्झना भन्दा पार्टीको आलोचना (अन्तरवार्ता)

कोईराला परिवार भित्रको राजनीति, गणतन्त्रको सम्झना भन्दा पार्टीको आलोचना (अन्तरवार्ता)

नेपाली काग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोईराला पछिल्ला दिन बिराटनगरकै बिभिन्न कार्यक्रममा ब्यस्त छन् । संघीय संसदमा आफ्नो पार्टीले शसक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको बिषयमा कडा टिका टिप्पणी गर्दै आएका उनी बेला बेला पार्टी भित्रकै राजनीतिको बिषयमा कडा आलोचना गर्दै आएका छन् । सरकारको नीति तथा कार्यक्रममा कांग्रेस मौन बसेपछि डा. यस बिषयमा आक्रोशित देखिएका छन् । देशमा गणतन्त्र स्थापनाको १० बर्ष पुगिसकेको अबस्थामा पछिल्लो राजनीति अबस्थासँगै गणतन्त्र स्थापना पछिका १० बर्षलाई उनले कसरी लिएका छन् त ? यसै बारेमा सुमन सुस्केराले डा. कोईरालासँग कुराकानी गरेका छन् ।

[caption id="attachment_55534" align="alignright" width="318"]  [/caption]

गणतन्त्रको स्थापना देखि आजसम्म तपाईले कसरी लिनु भएको छ ?
नौलो अनुभव त भयो । मैले हेर्दा, हामी त संबैधानिक राजतन्त्रमा हुर्केका भनौ न। पहिला निरंकुश राजतन्त्र पनि हेरियो । त्यसपछि संबैधानिक राजतन्त्र पनि हेर्यौ । पछिल्लो समय हामी गणतन्त्रमा प्रबेश गरेकोपनि ११ बर्ष लागिसकेको छ । यसरी हेर्दा मानिसहरुको स्वाभाब नै गणतन्त्रीक हुन्छ । त्यो हिसावले ठिकै लागेको छ । तर क्रियाकलाप कस्तो छ, गणतन्त्र आउने भन्दा पनि लोकतान्त्रक मार्गमा हामी हिड्न सकेका छौ की छैनै भन्ने कुरा हो । गाणतन्त्र त आयो तर लोकतन्त्र कतिको दिगो बनाउन सक्यौँ भन्ने कुरा हो । त्यसमा धेरैकुरा भर पर्छ ।
बाटो बिरायौ भन्न खोज्नु भएको हो ?
राजाको निरंकुशता अन्त्या ग¥यौँ। अब ब्यक्तिको निरंकुशता खेप्नु प¥यो भने त राम्रो भएन नी । गणतन्त्रको कुनै माने भएन नी ।
ब्यक्तिको निरंकुशता भनेर के बुझ्ने ?
ब्यक्ति भनेको जस्तो अहिलेको सरकार हो । अहिलेको सरकारले कसरी लिएर जान्छ । उ कसरी संचालन गर्छ । उ अधिनायकबाद तर्फ गयो भने के गर्ने । या यो भन्दा अब आउने सरकारहरु निरंकुशता तर्फ जानु भएन । लोकतान्त्रलाई पद्धतीमा संबिधानलाई अक्षरस पालना गर्दै हिड्न सक्नुपर्छ ।
हामीले अहिले खोजेको गणतन्त्र भनेको के हो ?
धेरै मिडिया हेरि रहेको पढि रहेको छु, मिडियमा आएको जस्तो हैन । हामीले केही प्राप्ती नै गरेनौ भन्ने हैन । हामी केही प्राप्ती गरेका छौ । लोकतान्त्रीक गणतन्त्र राम्रो कुराहरु हाँसिल गरेका छौ । तिनिहरुलाई कसरी हामी बढाएर लग्ने । अझ दिगो कसरी बनाउने ? लोकतन्त्र दिगो भयो भने गणतन्त्र दिगो हुन्छ हैन भने अप्ठेरो पर्छ ।
त्यस्तो हो भने त अहिले कांग्रेस कमजोर छ ?
नेपाली कांग्रेसको संसदमा भुमिका कमजोर देखि रहेको छु । सातै प्रदेशमा उपस्थिती छैन, संसदमा पनि कमजोर छौ भन्ने कुरा आउँछ । म त्यसरी हेर्दिन । संख्यामा हामी कमजोर छौ । तर हामीले संसदमा खेल्ने भुमिकाले लोकतन्त्रलाई मजबुत बनाउँछ की बनाउँदैन भन्ने कुरा हो । तर त्यसले साखै अप्ठेरो पारेको जस्तो लाग्दैन । जुन हिजो निति तथा कार्यक्रम पारित भयो नी हामी किंकर्तब्य बिमुढ जस्तो भयौँ । न हामिले सहयोग गर्यौ न बिरोध ग¥यौ । कुनै भुमिका खेल्न सकेनौ । यो नेपालको लोकतान्त्रीक ईतिहाँसमा प्रतिपक्षले कुनैपनि भुमिका खेल्न नसकेको त्यो नेपाली कांग्रेसको कमजोरी हो । नेपाली कांग्रेसको सभापति र त्यत्रा सांसदहरुले समर्थन र बिरोध गनर्् भएन त्यो नेपाली कांग्रेसले बिरोध गर्नु पथ्र्यो । कांग्रेसले भोटिङको बेलामा आफ्नो भ्मिका देखाउन सक्नु पथ्र्यो त्यो भुमिका देखाउन सकेन कांग्रेसको त्यो कमजोरी हो । कमजोर हो भनेर बोली रहँदा पनि त्यही कुरा संसदमा देखाउन नसकेको र कमजोर मनस्थीतीको नेपाली कांगे्रेस देखि राखेको छ त्यो राम्रो हैन, लोकतन्त्रको लागि । प्रजातन्त्र पछि गणतान्त्रीक अबस्थामा आउँदासम्म कोईराला परिवारको राजनीति सकिएको हो भनेर बुझ्ने ?

त्यो पनि हैन । त्यसरी बुझ्न हुँदैन, कुनै कालखण्डमा कहिले काँही कोही कमजोर हुन्छ कोही बलियो हुन्छ । तर म कोईराला परिवारको मात्र कुरा गरिरहेको छैन । नेपाली कांग्रेस बिधान र सहमती सम्मत हिँडेको छैन । विधान सहमतीसँथ हिड्न थाल्यो भने त भईहाल्यो नी । संसदमा उपस्थिती बलियो छैन । निति तथा कार्यक्रमलाई कागजको खोस्टा, कागजका पुलिन्दा भन्दा भन्दै पनि बिपक्षीमा भोट हाल्न सकेको छैन । नेपाली कांग्रेस एकदमै कमजोर अबस्थामा छ ।
जसरी कांग्रेस बलियो हुनुपथ्र्यो त्यो देखिएन नी ?
अहिले नेपाली कांग्रेस एकदमै कमजोर अबस्थामा पुगेको छ । मैले भनी सकेको छु ।
कसले पुर्यायो त त्यो अबस्थामा ?
हामी सबै मिलेर । त्यसको जिम्मेवार सबै नेतृत्व बर्गले लिनु पर्छ । त्यसको जिम्मेवारी मैले पनि लिन्छु, केन्द्रिय सदस्यको हैसियतमा । तर जो माथिका धार पोष्टमा हुनेले बढी जिम्मेवारी लिनुपर्छ त्यती त हो ।
गणतन्त्र कार्यान्वयनमा जानेक्रममा तपाई आफै कांग्रेस कमजोर भयो भनेर स्वीकार गर्नुहुन्छ, अबको हिड्ने बाटो के हो त ?
यसमा दुईटा कुरा छ । अब नेपाली कांग्रेसले आफ्नो घर ठिक राख्नु प¥यो । आफ्नो घर ठिक राख्नको निम्तीसभापतहिरुको बैठक साउनको पहिलो हप्ता भन्या छ । त्यसपछि महासमिति बैठकले बिधान संशोधन गर्ने भनेको छ । त्यसपछि महाधिबेशन मुखी नेपाली कांग्रेस अघि बढ्यो भने एउटा गति लिन्छ र एउटा दिशामा अघि बढ्छ । यो बिचमा नेपाली कांग्रेस र लोकतन्त्रलाई बलियो बनाउनको लागि हरेक बिषयमा बोलेर मात्र हैन जनताले देख्ने गरी काम गरेर देखाउनु पर्छ । लोकतान्त्रीक ईतिहाँसमा पहिलो पटक प्रतिपक्ष मौन बसेर निति तथा कार्यक्रममा समर्थन गरेको छ ।
डा. कोईरालाले मात्र यस्ता कुरा बढी किन गर्दैछन् ?
तपाई कति बोल्या भन्छन् भनेर धेरैले सोध्छन् । तर मलाई मेरो आफ्नो चिन्ता छैन । एउटै मात्र चिन्ता हो नेपाली कांगेसलाई भोलीको लागि बलियो बनाउनु हो। जो सुकै आउनु होस्, नेपाली कांग्रेस लोकतन्त्रको लागि पहरेदारको काम गरोस् त्यती मात्र हो मेरो चिन्ता । पहिला कुराबाट पाठ सिक्नु प¥यो र गल्ती गर्दिन भनेर अघि बढ्नु पर्यो ।
गल्ती कमी कमजोरीलाई स्वीकार गर्न प¥यो । हामीलाई एमाले र माओवादीले मात्र हराएको हो त ? हैन नी । त्यो त संगठन भित्रको संगठन कमजोर भएर यो अबस्था आएको हो । कमजोर भएको कुरा स्वीकार गर्नु पर्यो त्यो खोजी तत्काल शुरु भईहाल्छ ।
पाटीै भित्र शक्ति सन्तुलन ब्यवस्थापन गर्न नसकेको भन्छन् नी ?
एउटा कुरा के बुझनु पर्यो भने हामी सामुहिक नेतृत्वको हिड्दैछौ । तर सामुहिक नेतृत्व जति भनेपनि प्रेसिडेन्ट ईज प्रेसिडेन्ट । सभापतिलाई त स्वीकार गर्नैपर्छ पार्टीको सभापति भनेर ।
त्यसो भए त तपाईले सभापतिको किन बिरोध गर्दै हुनुहुन्छ ?
विरोध गर्न त पाईन्छ नी । हिजोको निति तथा कार्यक्रमको बिरोध पनि गरिँन भने त कांगे्स कसरी चल्छ ? एमाले र माओवादीमा जस्तो चुप लागेर बस्नु पर्ने बाध्यात्मक अबस्था कांग्रेसमा छैन । हामी बोल्छौ । उहाँहरुमा लोकतान्त्रीक चरित्र छैन हामीमा लोकतान्त्रीक चरित्र छ भने कै यही हो ।
अलिक बढी बोलेको कुरा आई रहँदा अबको पार्टी सभापतिकोलागि तपाईको यस्ता कुरा आएका हुन् ?
हाहाहा.... हैन हैन , मेरो उहाँ आदरणीय सभापति जी नै हो । म मान्छु, पार्टी बिग्री राखेको छ, पार्टी कमजोर भईराखेको छ । पार्टी लोकतान्त्रीक पद्धतीबाट हिँडिराखेको छैन । त्यो हिँडाउनु प¥यो भनेर भन्दा खेरी शेखर अगाडी बढ्यो भन्नु गलत हो ।

गणतान्त्रिक चरित्र स्थापित गर्नको लागि के गर्ने ?
गणतन्त्र ठिकै छ राम्रै छ । अगाडी बढेकै छ । सन्तोष जनक नहुने कुरा हैन नी यो त बिस्तारै हुने कुरा हो । आशा धेरै गरेका थिए जनताले । त्यो त पुरा हुन सक्दैन । २–३ वटा कुरा हामीले बिचार गर्नु पर्छ , शुसाशन, भ्राष्टाचार मुक्त समाज, दण्डहिनताको अन्त्य यो चारवटा कुरामा हामीले जोड दिएर अगाडी बढ्न सक्यो भने गणतन्त्र आफै स्टाबलिस्ट भएर अघि बढेर जान्छ ।
अहिले गणतन्त्रको धर्म र मर्म अनुसार काम भएको छ ?
गणतन्त्र मात्र त पुरा गरेको छ तर लोकतन्त्रमा भने अझै हामीले प्रयास जारी राख्नु पर्छ । लोकतन्त्रको त धेरै कुराहरु हुन्छन् नी । त्यो कुराहरुलाई हामीले मनन् गर्नुपर्ने हुन्छ । जस्तो तपाईको संबिधानमा लेखिएका कुराहरुछन् लागु गर्नु प¥यो । प्रधानन्यायाधिशलाई कामु प्रधानन्यायाधिश ३ महिना ४ महिनासम्म हुँदैन । संबैधानिक निकायमा एक महिना भन्दा बढी खाली राख्न पाईँदैन भनेर संबिधान मै लेखेको छ । यस्ता कुराहरुलाई हामीले हेर्नु पर्नेहुन्छ । अहिले आई सकेको छैन र मैले नभनेको मात्र हो यो आउने क्रममा छ , प्रधानमन्त्री कार्यालयमा अभिशिष्ट अधिकार किन चाहियो ? संसदीय ब्यवस्थामा प्रधानमन्त्री सर्बैसर्बा हो, यो जरुरत छैन । अर्को कुरा गृहमन्त्रीले कन्ट्याक्टरहरुलाई गृहमन्त्रालयमा बोलाएर तपाईहरुलाई थुनिदिन्छु भनिरहनु पर्ने आबस्यकता छैन । कानुन छ नी त, कानुन अनुसार छैन भने थुनिदिनु नी त । बोलाएर धम्क्याउने तर्साउने हैन यो लोकतन्त्र हैन । बिधिको शासनमा हिड्नस प¥यो नी त, संबिधानमा लेखेको छ, ऐन कानुनमा के लेखेको छ काम गरेको छैन भने दण्डित गर्ने अधिकार त छदै छ नी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्