गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिद्वारा ८१६ कैदीको कैद मिनाहा

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिद्वारा ८१६ कैदीको कैद मिनाहा

काठमाडौं, १५ जेठ–राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा तेम्बा शेर्पासमेत ८१६ जना कैदीहरुको  भुक्तान हुन बाँकी कैद सजाय मिनाह गरेकी छिन् । नेपालको संविधानको धारा २७६ बमोजिम माफी भएको हो ।
एघारौं गणतन्त्र दिवस, २०७५ को उपलक्ष्यमा असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका उनीहरुको कैद मिनाहा भएको राष्ट्रिपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्