कर्मचारीको तलब बढेन, महंगी भत्ता २ हजार पुग्यो

कर्मचारीको तलब बढेन, महंगी भत्ता २ हजार पुग्यो

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षका लागि सरकारी कर्मचारीको तलब नबढाउने भएको छ । सम्पूर्ण कर्मचारीको तलव पुनरावलोकन गर्नका लागि सुझाव दिन उच्चस्तरीय तलब आयोग गठन गरिने अर्थमन्त्री खतिवडाले घोषणा गरे ।

मंगलवार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारीले महंगीभत्ता वापत पाउने १००० रुपैयाँलाई बढाएर २००० हजार रुपैयाँ पुर्याइने बताए । साथै निजामति कर्मचारीले पोषाक भत्तावापत पाउने रकम १० हजार पुर्याइने अर्थमन्त्रीले घोषणा गरे । यसअघि कर्मचरीले पोषाक भत्ता वापत वार्षिक ७ हजार रुपैयाँ पाउँथे ।

कर्मचारीको स्वास्थ्य बिमाको बिमाङ्क बृद्धि गरी २ लाख पुर्याइएको अर्थमन्त्रीले घोषणा गरे । कर्मचारीको स्वास्थ्य बिमाका लागि २ लाख बिमाङ्कमध्ये ५० प्रतिशत सरकार र ५० प्रतिशत कर्मचारी आफैंले जम्मा गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्