लियोको युथ क्याम्प ईलामको श्रीअन्तुमा हुने,एक सय बढी युवाको उपस्थिती रहने

लियोको युथ क्याम्प ईलामको श्रीअन्तुमा हुने,एक सय बढी युवाको उपस्थिती रहने

विराटनगर, १५ जेठ । लियोको युथ क्याम्प ईलामको श्रीअन्तुमा हुने भएको छ । लियो जिल्ला परिषद ३२५ ए वानको आयोजनामा ‘अ न्यु होप योर क्याम्प २०१८’ नाम दिएर इलामको श्री अन्तुमा कार्यक्रम आयोजना गर्न लागिएको हो । हरेक वर्षमा आयोजना भएको युथ क्याम्प यस बर्ष पनि अयोजना हुन लागेको हो । यस वर्षको युथ क्याम्पमा देशभरका एक सय बढी युवाको उपस्थिती रहने डिस्ट्रिक प्रेसिडेन्ट लियो अलिशा तिम्सिनाले जानकारी दिईन् ।
जेठ २४ बाट सुरु हुने क्याम्प जेठ २६ गते सम्म चल्ने छ । उक्त क्याम्प इलामको श्री अन्तुमा आयोजना हुने छ । क्याम्पमा बिभिन्न समूहगत कार्यहरु हुने तथा तालिम र विभिन्न सेवामुलक कार्यहरु हुने क्याम्प संयोजक लियो अंकित थापा मगरले जानकारी दिए । क्याम्प अबधिमा विभिन्न खेल, तालिम, समुहगत छलफल, सुर्योदय अवलोकन जस्ता गतिविधिहरु संचलान हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्