शिशु र आमाको स्याहार गर्ने बारे बिराटनगरमा छलफल

<span class='c1'>शिशु र आमाको स्याहार</span> <span class='c2'>गर्ने बारे बिराटनगरमा छलफल</span>

विराटनगर, १६ जेठ ।
गर्भाबस्था देखि नै आमा र बच्चाको स्याहारमा ध्यान दिनु पर्ने भन्दै त्यसो भए बच्चाको हेरचाह हुनेमा जोड दिईएको छ । गर्भवती अबस्थादेखि तीन बर्षसम्मको बच्चाको स्याहारमा ध्यान दिने हो भने बालबालिका स्वस्थ हुनेमा जोड दिईएको हो ।
विराटनगरमा सेतो गुराँस वाल सेवा सेवाले बाल अनुकुल स्याहार तथा प्रारम्भिक उत्प्रेरण कार्यक्रमको विषयमा आयोजना गरिएको गर्भाबस्था देखि नै बालबालिकाको स्याहारमा ध्यान दिनु पर्नेमा सहभागीले जोड दिएका हुन । सामान्यतया गर्भवती हुँदा परम्परागत कुराहरुमै आधारित हुने, बच्चा जन्मीएपछि पनि हुर्काउने तरिका परम्परागत हुँदा बदलिदो समय अनुकुल नहुने भएकोले त्यसमा ध्यान दिन जरुरी रहेको बताए ।
गर्भावस्थामा पोषिलो खाने, आराम गर्ने जस्ता कुरामा ध्यान दिए मात्र स्वस्थ बच्चा जन्मने र बच्चा जन्मीसकेपछि पनि राम्रो स्याहार, पोषिलो आहार र राम्रा कुरा सिकाउने जिम्मेवारी आमाकै भएकोले आमाहरुले यस्ता तालिम लिन आबश्यक भएको एक नम्बर प्रदेश उपसभामुख सरस्वती पोखरेलले बताइन् । कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेल, नेपाल पत्रकार महासंघ कमिटि अध्यक्ष बिक्रम लुईटेल, लेटाङ नगरपालिकाका मेयर, सेतो गुराँस बालविकास सेवाकी अध्यक्ष सरु केसी लगायतले बालबालिकालाई हुर्काउन भन्दापनि क्षमतावान बनाउनु पर्नेमा जोड दिएका थिए ।
सेतो गुराँसले मोरङको केरावारी गाउँपालिका, मिक्लाजुङ गाउँपालिका र पथरी शनिश्चरे नगरपालिकामा ४० बटा समुह बनाएर ६ महिनासम्म सञ्चालन गरेको कार्यक्रमको समिक्षा गरिएको हो । जस अन्तरगत गर्भवती अवस्था , बच्चा स्याहर गर्ने, पोषिलो खानेकुराका बारेमा र खेलौना बनाउने लगायत तालिम दिएको सेतो गुराँसकी अध्यक्ष केसीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्