जोगवनी नाकामा संस्थाको मात्र भिड, मोरङका अन्य नाकाबाट बाहिरिन्छन् चेली

<span class='c1'>जोगवनी नाकामा संस्थाको मात्र भिड,</span> <span class='c2'>मोरङका अन्य नाकाबाट बाहिरिन्छन् चेली</span>

सुमन सुस्केरा, 

विराटनगर, १६ जेठ ।
पछिल्ला दिनहरुमा सीमा क्ष्ोत्रमा मानव तस्करी रोकथामको लागि भन्दै धेरै संघ संस्थाको जन्म भईसकेको छ। सिमानाकामा भएको निगरानी कति प्रभावकारी हुने नहुने भन्ने बिषय सबैको चासोको बिषय बन्दै आएकोमा मानव तस्करीका घटना घट्न भन्दा बढेको देखिन्छ । कारण बिभिन्न बहाना बनाईन्छ । तथ्यांकलाई आधार मानिन्छ अनी त्यसैको आधारमा परिणाम खोज्नुले मानव बेचबिखनमा कमी नआएको पनि भन्न थालिएको छ ।
सीमा क्षेत्रमा रानी हुँदै जोगवनी प्रबेश गर्नको लागि सर्बसाधारणको बाक्लो उपस्थिती रहन्छ । त्यसैको आधारमा को मान्छे आए या गए भनी निगरानी गर्नको लागि नेपाल प्रहरी सहितका सुरक्षाकर्मी पनि उसैगरी परिचालित छन् । त्यो सँगै कोही ब्यक्तिलाई तत्काल सिमानाकाबाट बाहिर कटाई पो हाल्ने हुन् की भनेर धेरै महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने संघ संस्थाको पनि उपस्थिति छ ।

अहिले जोगवनी नाकामा ५ वटा संघ संस्थाले मानव बेचविखन हुन नदिनको लागि निगरानी बढाउँदै आएको छ । तर प्रभावकारीता देखिँदैन कतिपयलाई त आफ्नो संस्थाले के गर्ने भन्ने समेत जानकारी भएको पाईएन । विश्वसेवा विस्तार संस्थाको तर्फबाट सिमा निगरानीमा बसेका कर्मचारीहरुले काम के हो भन्ने समेत सोध्दा थाहा नभएको बताए ।
ब्यक्तिको आवत जावत भन्दा पनि बढी संघ संस्थाका कर्मचारीको भिड छ जोगवनी नाकामा । सँधै यसरी बस्ने संस्थाका प्रतिनिधिहरु सँधै ब्यक्तिलाई पक्राउ गर्न पाए हुन्थ्यो भनेर ढुकेरै बसेका हुन्छन् तर भनेको जस्तो यही नाकाबाट मानव बेचबिखनको लागि कमै मात्रामा रोधी खोजी गर्ने ब्यक्ति आउँछन् । महिनामा १३÷१४ जोडीसम्म भेटीने गरेको बताउने साना हातहरु संस्थाकी कर्मचारी रेणुका तामाङ, सबै बेचिनै लागेका हुन भन्ने आधार स्पष्ट नभएको बताउँछिन ।
यसरी यो सिमामा काम गर्ने संस्थाहरुको १ जना देखि १५ जनासम्म कर्मचारी राखेर काम गर्दै आएका छन् । सबैभन्दा बढी कर्मचारी राख्ने भर्खरै आएको विश्व सेवा विस्तार संस्था रहेको छ भने सानाहातहरुको ११ जना, माईती नेपालको ४ जना, केआई नेपालको ३ जना र सबैभन्दा कम १ जना एबिसी नेपालका कर्मचारी यही नाकामा बसेर निगरानी गर्छन । तर अन्य नाकाबाट मेचबिखन भएको यी संस्थाले सुर्इँकोसम्म पाउँदैनन् । पछिल्ला दिनहरुमा जोगवनी नाकाभन्दा पनि अन्य नाकाको प्रयोग भएर महिला तथा बालबालिकालाई सिमा कटाउने गरेको पाईन्छ ।

हुन पनि एउटै ठाउँमा मात्र संघ संस्थाको हानाथापले गर्दा अन्य छोटी नाकाहरुबाट बालबालिका तथा महिलाको ओसार पसार हुँदा समेत यी नाकामा काम गर्ने संघ संस्थालाई थाहा हुँदैन । एकै ठाउँमा स्वीकृत दिँदा पनि समस्या देखिएको हो । मोरङ जिल्लाका छोटी नाका मध्यको अली चहल पहल हुने रंगेली नाकाबाट पनि बेचबिखनमा पर्ने रहेछन् भन्ने पछिल्लो घटनाबाट पाठ सिकेको माईती नेपाल बिराटनगरका कार्यक्रम संयोजक बिनोद पोखरेल बताउँछन् ।
सरकारले सीमा क्षेत्रमा मानव ओसारपसार बेचबिखन हुन नदिनको लागि बस्ने संस्थालाई एकै ठाउँमा राख्न भन्दापनि सम्भावित छोटी नाकाहरुमा पनि पठाउनु पर्ने देखिन्छ । तर अहिलेसम्म सबै संस्थाहरुलाई एकै ठाउँमा निगरानीका लागि अनुमती दिईँदा अन्य नाकाबाट महिला तथा बालबालिका भारतीय कोठीसम्म पुग्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्