धनकुटाको सिँधुवा बजारमा काउलीको स्तम्भ निर्माण

धनकुटाको सिँधुवा बजारमा काउलीको स्तम्भ निर्माण

धनकुटा, जेठ १६ । धनकुटाको छथरजोरपाटी गाउँपालिकालाई कृषिको पकेट क्षेत्रका रूपमा चिनाउन सिँधुवा बजारको मुख्य चोकमा काउलीको स्तम्भ निर्माण गरिएको छ ।

स्थानीय सिँधुवा सिंहदेवी युथ क्लबको संयोजनमा करिब ७ लाख रुपैयाँ खर्चेर काउलीको स्तम्भ निर्माण गरिएको हो ।

करिव ६ फिट गोलाई र ५ दशमलव ५ फिट उचाइको काउलीको स्तम्भ झापाको दमकका एक कलाकारले बनाएको क्लबका अध्यक्ष दिवेश खड्काले जानकारी दिए ।

स्तम्भ निर्माणका लागि साविक परेवादिन गाविसले २ लाख, हालको ६ नम्बर वडा कार्यालयले १ लाख ९० हजार रुपैयाँ उपलब्ध गराएका छन् ।

बाँकी रकम कृषक समूह, कृषि सहकारी संस्था र सिँधुवा बजारवासीसँग सहयोग लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्