काठमाडाैँ जेठ १६ , सरकारले शैक्षिक प्रमाणपत्र धितोमा राखेर सात लाख रुपैयाँसम्म ऋण दिने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार सार्वजनिक गरेको आर्थिक बर्ष ०७५, ७६ को बजेटमा उक्त व्यवस्था गरिएको हो ।
उच्च शिक्षा हासिल गरेका युवालाई व्यवसायमा आकर्षित गर्न शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन लगिएको हो । त्यस्तो कर्जाको अनिवार्य सुरक्षण हुने र व्यवसायको विमा गर्ने व्यवस्था मिलाईने भएको छ ।