पाँचथरमा भाइको शव लिएर घर जाँदै गर्दा दाजुको पनि ज्यान गयो

<span class='c1'>पाँचथरमा भाइको शव लिएर घर जाँदै</span> <span class='c2'>गर्दा दाजुको पनि ज्यान गयो</span>

पाँचथर, जेठ १६ । पिकअपबाट खसेर पाँचथरको हिलिहाङ–७ भारपाको टारीमा एकजनाको ज्यान गएको छ ।

मलेसियामा ज्यान गुमाएका भाइको शव लिएर घर जाँदै गर्दा बा१७च ८४५१ नम्बरको पिकअपबाट खसेर घाइते भएका ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२, खेजेनीमका ४३ वर्षीय भक्तबहादुर सबेन्हाङको मृत्यु भएको पाँचथर प्रहरीले जनाएको छ ।

मंगलबार मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ–७, टारीमा पुग्दा पिकअपबाट खसेर घाइते भएका उनको उपचारका लागि पाँचथर अस्पतालमा ल्याउँदै गर्दा बाटोमै ज्यान गएको हो ।

उकालो बाटोमा पिकअपको पछाडि भागमा भाइको शवसँगै बसेका उनको गाडीको गियर परिवर्तन गर्दा खसेको प्रहरीले जनाएको छ । दुई वर्षअघि काम गर्न मलेसिया पुगेका भाइ देवीप्रसादको मलेसियामा एक हप्ताअघि गाडी दुर्घटनाबाटै ज्यान गएको बताइएको छ ।

घटनापछि गाडी र चालकलाई जोरपोखरी प्रहरी चौकीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब निरीक्षक वामदेव गौतमले बताए । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्