इटहरीको मुख्य चोक नजिक सटर फोडेर दुईवटा पसलमा चोरी

इटहरीको मुख्य चोक नजिक सटर फोडेर दुईवटा पसलमा चोरी

२४ घण्टा प्रहरीको उपस्थिति रहने इटहरीको मुख्य चोक नजिक सटर फोडेर दुईवटा पसल चोरी भएका छन् ।
इटहरी उपमहानगरपालिका–६ स्थित मुख्यचोक नजिक मेरो कम्युनिकेशन मोवाईल पसल र खेतीखोला नजिकै रहेको पशुपति रोड केरियर गरि दुई ठाँउमा गए राति एकै पटक चोरी भएको हो । दुबै पसल गरी १० लाख रुपैयाँ बढिको सामान र नगद चोरी भएको ब्यवसायीहरुले बताएका छन् ।

मेरो कम्युनिकेशन मोवाईल पसलका संञ्चालक दीपक कायस्थले आफ्नो मोवाईल पसलबाट कम्तिमा ८ लाख बढी मूल्य बराबरको मोवाईलहरु चोरी भएको बताए । चोरी विहानको समयमा भएको कायसले बताए । ४ बजे सुरक्षा गार्ड घर जाने समय भएकाले सोही मौकाका पारेर सटर फोडेर चोरी भएको कायस्थको भनाई छ ।

यस्तै खेती खोला नजिक रहेको पशुपति रोड केरियरमा पनि सटर फोडेर गल्ला भित्र रहेको दुई लाख ५० हजार नगद चोरी भएको व्यवसायी केशव प्रसाद गेलालले जानकारी दिएका छन् । ब्यापारीहरुले प्रहरी प्रशासनको कमजोरीकै कारणले चोरी भएको आरोप लगाएका छन । यता प्रहरीले घटनाको अनुसन्धान थालेको इटहरी प्रहरीले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्