झापाबाट काठमाडौं आउँदै गरेको जिप दुर्घटना हुँदा ११ जना घाइते

झापाबाट काठमाडौं आउँदै गरेको जिप दुर्घटना हुँदा ११ जना घाइते

काभ्रे, जेठ १६ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ पिप्लेमा आज सुमो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

झापाबाट काठमाडौं आउँदै गरेको को१च ९६१५ नम्बरको सुमो जिप विहान साढे ५ बजे सडकबाट करिब ३० फिट तल खसेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका २ जनाको जिल्ला अस्पताल धुलिखेलमा र अन्य ९ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्