विराटनगर, १६ जेठ । जागरण नेपालको आयोजना तथा गर्भनेन्स फेसिलिटिको सहयोगमा सिमान्तकृत समुदायका महिलाहरुसँगको जागरण महिला स्रोतकेन्द्र स्तरिय छलफल सम्पन्न भएको छ । जागरण नेपालले महिलाहरुका लागि विशेष गरी स्थानीय सुशासन, निर्णायक तह , निर्वाचन र राजनीतिमा सहभागिता सवलीकरण परियोजनाबारे छलफल भएको हो ।
मासिक रुपमा गरिने बैठकमा महिलासंग सम्बन्धित कानूनको बारेमा अधिवक्ता रुकमणा दाहालले सहजीकरण गरेकी थिईन् । महिलाहरुको बर्तमान अवस्था ,हक अधिकारको बारेमा छलफल भएको जागरण नेपाल मोरङका कार्यक्रम संयोजक देवकुमार खत्रीले जानकारी दिए ।
कार्यक्रममा महिला सा्रेत केन्द्रको बैठकमा करीब २० जनाको सहभागितामा रहेको थियो ।