सुनसरीको रामधुनीमा पशु बधशाला आजबाट विधिवत् रुपमा सञ्चालनमा

<span class='c1'>सुनसरीको रामधुनीमा पशु बधशाला</span> <span class='c2'>आजबाट विधिवत् रुपमा सञ्चालनमा</span>

इटहरी । सुनसरी जिल्लाको रामधुनी नगरपालिकाले नगर क्षेत्रका मासु उपभोक्तालाई स्वस्थ मासु आपूर्ति गर्ने उद्देश्यले निर्माण गरेको पशु बधशाला आजबाट विधिवत् रुपमा सञ्चालनमा ल्याएको छ ।

रामधुनी नगरपालिका– १ मा पशुपक्षी बजार निर्देशनालय काठमाडाैँ वर्ल्डभिजन र स्थानीय रामधुनी नगरपालिकाको साझेदारी गरी कूल रु ८० लाखको लागतमा निर्माण सम्पन्न उक्त पशु बधशालाका उप–प्रमुख सविना चौधरीले उद्घाटन गर्नुभयो ।

उहाँले जुन उद्देश्यले यसको निर्माण भएको हो त्यही उद्देश्य अनुरुपको स्वस्थ र स्वच्छ मासु उपलब्ध गराउनुपर्ने बताउनुभयो । सो बधशालामा पशुको बध गर्नुअघि बेहोस बनाउने मेशिन, ब्वाइल गर्ने मेशिन तथा मासु भण्डारण गर्ने उपकरण लगायतको मासु स्वस्थ राख्न प्रयोग गरिने सबै प्रकारका उपकरण जडान गरिएको छ ।

पशु बधशालामा बध गरिएका स्वस्थकर मासु उपभोक्तासम्म सहज रुपमा उपलब्ध गराउनका लागि रामधुनीको झुम्का बजारमा हाल रु २० लाखको लगानीमा चार कोठे मिटमार्ट भवनसमेत निर्माण हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्